Rule 42
वार्ड समितिको गठन
(१) प्रत्येक गाउ“ विकास समिति वा नगरपालिकाको ईलाकाभित्र प्रत्येक वार्ड पिच्छे देहायका सदस्यहरूको एक समिति गठन गरिनेछ ः–
(क) स्थानीय गाउ“ विकास समिति वा नगरपालिकामा सम्बन्धित वार्डबाट छानिएको सो गाउ“ विकास समिति वा नगरपालिकाको सदस्य – अध्यक्ष
(ख) भूमिसुधार टोलीले वार्डका जनताको राय बुझी मनोनित गरेको सम्बन्धित वार्डको अन्य दुईजना साक्षर प्रतिष्ठित व्यक्तिहरू – सदस्य
(२) वार्ड समितिको कुनै सदस्यले आफ्नो उत्तरदायित्व सन्तोषजनक ढंगले पूरा नगरेमा निजलाई अधिकारीले हटाई अन्य कुनै व्यक्तिलाई उक्त पदमा नियुक्त गर्न सक्नेछ ।